प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा दोस्रो राष्ट्रिय बेटी सम्मेलन शुरु भएको छ । मुलधार महिला सेवा केन्द्र उदयपुरको आयोजनामा भएको सो सम्मेलनको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सामाजिक रुपान्तरणको लागि सबै पक्षबाट सामूहिक प्रयास आवश्यक रहेको बताए । उनले समाजमा पछाडी परेका महिलाहरुलाई मुलधारमा ल्याउन सबै पक्षलाई आ –आफनो तह बाट सहयोग गर्नु पर्ने उल्लेख गरे । राउतले महिलाहरुको सशक्तिकरणको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदै सरकारले ल्याएका योजनाहरु बाट केही वर्ष भित्रै प्रदेशका महिलाहरु सशक्त रुपमा अगाडी आउने दावी गरे ।
मुलधार महिला सेवा केन्द्रका अध्यक्ष नजबुल खातुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देश भरि बाटै प्रतिनिधिमुलक महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा एसिड पिडित मुस्कान खातुन लगायतलाई सम्मान समेत गरिएको थियो ।