जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) भोलि बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार भोलि साढे ९ बजे आइपिओ बाँडफाँड गर्नेगरी तयारी पुरा भएको छ।

झण्डै २१ लाखले यो कम्पनीको आइपिओ भरेका छन्। कम्पनीले कुल १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासन गरेको हो। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुने भएको छ।

 

कम्पनीको आइपिओ जम्मा १ लाख ८४ हजार ८ सय १ जनालाई पहिले १० कित्ताका दरले बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। त्यसपछि ५ कित्ता बाँकी रहन्छ। न्यूनतम १० कित्ता दिनुपर्ने प्रावधान छ, तसर्थ यो ५ कित्ता छुट्टै दिन मिल्दैन।

 

त्यसैले १० कित्ता पाएकाहरुबाटै २० वा सोभन्दा धेरै कित्ताका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गरी ५ जनालाई थप १–१ कित्ता अर्थात ११ कित्ताका दरले बाँडफाँड गरिने छ।

जीवन विकास लघुवित्त कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ। आव २०७६–७७ सक्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ।

 

 

त्यस्तै प्रतिसेयर नेटवर्थ ३०७ रुपैयाँ छ। कम्पनीको निष्क्रिय कर्जा चैत मसान्तसम्म ०. ६ प्रतिशत छ। मोरङको कटहरीमा प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!