हिपमत डटकम

आइतबार, आषाढ १३, २०७८ || 561  पटक पढिएको

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७ अंकले बढेको छ।

सो अंकको वृद्धिपछि परिसूचक २८७० अंकमा कायम भएको छ। यस दिन जम्मा ७ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

 

बैंकिङ समूहले नै यस दिन बजारलाई उचालेको छ। बैंकिङ ३८, ब्यापार ४७, जलविद्युत ७६, उत्पादन २८, अन्य ५ र माइक्रोफाइनान्स समूह ४ अंकले बढेका छन्। होटल तथा पर्यटन ४२, विकास बैंक ५९, फाइनान्स ३९ र निर्जीवन बीमा समूह ४० अंकले घटेका छन्।

यस दिन सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै युनाइटेड इदी मर्दीको मूल्य ७ प्रतिशतले बढ्यो। रिडी हाइड्रो र सिभिल बैंकको मूल्य ६ प्रतिशतले बढ्यो।

गोर्खा फाइनान्सको मूल्य ४ प्रतिशतले घटेको छ भने प्रोग्रेसिभ फाइनान्सको मूल्य साढे ३ प्रतिशतले घट्यो। कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य ५ प्रतिशतले बढेको छ।

 

त्यस्तै सेन्चुरी कमर्सियल बैंकको ३७ करोड रुपैयाँ बराबरको कारोबार भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!