मोरङ। पथरी नगरपालिकाडा-१ बजारस्थित टाटु खोप्ने पसलबाट चोरी गरेका विभिन्न सामान सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने अमृत लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका-८ घर भएका ३६ वर्षीय बिशाल ईस्कन सेनको उक्त पसलबाट
मंगलबार बिहान विभिन्न धनमाल चोरी भएको घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पसलबाट चोरी गरेका सामान सहित उर्लाबारीस्थित होटलबाट उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट १ थान ल्यापटप, १ थान सुटकेस, २ थान ट्याटु मेसिन, ट्याटु लगाउने केमिकल तथा कलरहरु, ७ प्याकेट निडल, २ थान ट्याटु मेसिन होल्डर, १ थान हेड ग्लास, १ थान ग्रीन सप, बिद्युत पावर सप्लाई र अन्य सामान समेत प्रहरीले बरामद गरेको छ ।
उनी उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।