हिपमत डटकम
ताप्लेजुङ, २१ माघ:ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका(२ माङजाबुङ बस्ने २६ बर्षीय उदय लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । सोमवार दिउँसो घरबाट खर काट्न भनी हिडेका लिम्बु बेलुका सम्म घर फर्केर नआएपछी खोजतलास गर्दे जाने क्रममा कोलडाँडा भिरबाट लडी घाईते अवस्थामा फेला परेका लिम्बुलाई घर ल्याईएकोमा राती १२ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली थेचम्बुबाट प्रहरी टोली खटि गएको तथा थप अनुसन्धान र कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटी गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।