मंगलवार आधा दर्जन ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।
यो दिन वोमी लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत, जनरल इन्स्योरेन्सको ९ दशमलव ९४ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ९२ प्रतिशत, समीट लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ५६ प्रतिशत र स्वाभिमान लघुवित्तको ९ दशमलव ४७ प्रतिशत शेयरमूल्य बढेको हो ।
यसदिन वोमी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १०३ ले बढेर अन्तिम मूल्य रू. १ हजार १३४, सानिमा जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ६४ ले बढेर अन्तिम मूल्य रू. ७०६, जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ६३ ले बढेर अन्तिम मूल्य रू. ६९७ कायम भएको छ ।
त्यसैगरी अजोड इन्स्योरेन्सको प्रतिकित्ता रू. ७७ ले बढेर अन्तिम मूल्य रू. ८५३, समीट लघुवित्तको प्रतिकित्ता रू. १४२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६२७ र स्वाभिमान लघुवित्तको प्रतिकित्ता रू. २१५ ले बढेर अन्तिम मूल्य रू. २ हजार ४८५ कायम भएको छ ।
सभार :- आर्थिक अभियानबाट