साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक २ हजार ५४८ दशमलव ९६ विन्दुमा बन्द भएको छ ।
यो दिन अघिल्लो कारोबार दिन बुधवारको तुलनामा परिसूचक शून्य दशमलव ८३ प्रतिशत अर्थात् २१ दशमलव २९ अंक तल झरेको हो । बुधवार १ दशमलव ६३ प्रतिशतले बढेर २ हजार ५७० दशमलव २५ बिन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ५८४ दशमलव ७९ विन्दुदेखि खुला भएको थियो ।
यो दिन २ हजार ५९५ विन्दुसम्म पुगेर बजार तल झरेको हो । बिहीवार सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ६४ अंक घटेर ४५० दशमलव ३१ विन्दुमा बन्द भएको छ ।
बुधवारको तुलनामा नेप्सेपरिसूचक सँगै कारोबार रकम पनि थोरै घटेको छ । बुधवार रू. ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार बरावरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर खरीदविक्री भएकोमा बिहीवार रू. ६ अर्ब ५० करोड ८ लाख ६ हजार बराबरको १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २०८ ओटा कम्पनीको ७४ हजार ६५८ पटकको व्यापारमा भएको हो ।
साढे ६ अर्बको कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको भएको छ । यस बैंकको रू. ९१ करोड ८ लाख ८० हजार बराबरको १४ लाख ८८ हजार ९० कित्ता शेयर कारोबार भएको हो ।
यो दिन कम्पनीको शेयरमूल्य पनि ४ दशमलव ६५ प्रतिशत अर्थात प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. ६०८ कायम भएको छ । यस वर्ष ८ प्रतिशत बोनस शेयरको प्रक्षेपण गरेको कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
बिहीवार कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये व्यापारिक समूहको ३ दशमलव ९४ प्रतिशत, होटल्स एण्ड पर्यटन समूहको ४ दशमलव ४५ प्रतिशत र लगानी समूहको १ दशमलव १६ प्रतिशतले बढेको छ भने बाँकी समूहको घटेको छ ।
यो दिन बैंकिङ समूहको १ दशमलव १ प्रतिशत, विकास बैंकको शून्य दशमलव ७७ प्रतिशत, जलविद्युतको १ दशमलव ८९ प्रतिशत, वित्तको शून्य दशमलव २५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८९ प्रतिशत, अन्यको १ दशमलव ८८ प्रतिशत, लघुवित्तको १ दशमलव शून्य २ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ७६ प्रतिशत परिसूचक घटेको हो ।
दोहोरो अंकले घटेको बजारमा तीन ओटा कम्पनीको शेयरमूल्य भने उच्च दरमा वृद्धि भएको छ । यो दिन चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेर रू. २ हजार ७९ पुगेको छ भने सपोर्ट माइक्रोफाइनान्स र वोमी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९७ प्रतिशत मूल्य बढेर अन्तिम मूल्य रू. २ हजार २२९ र वोमी लघुवित्तको ९ दशमलव ९४ प्रतिशत बढेर अन्तिम मूल्य रू. ९७३ कायम भएको छ ।
बिहीवार चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. १८९, सपोर्ट माइक्रोफाइनान्सको प्रतिकित्ता रू. २०२ र वोमी लघुवित्तको प्रतिकित्ता रू. ८८ ले शेयरमूल्य बढेको हो । यस दिन ४० ओटा कम्पनीको शेयरमूल्य बढेको छ ।
बिहीवार नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य भने सर्वाधिक ६ दशमलव १४ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २४ ले घटेर अन्तिम मूल्य रू. ३६७ कायम भएको हो । यस दिन १४५ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । (साभार :-आर्थिक अभियान )
बिहीवार सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरु :