आइतवार ७९.७४ अंकले ओरालो लागेको परिसूाचक सोमवार ४०.६४ अंकले उकालो लागेको छ । १.६४ प्रतिशतले करेक्सन भएको परिसूचक २५१५.०३ बिन्दुमा बन्द भएको छ ।
यस दिन ७० हजार ३३९ पटक लेनदेन कारोबार भएको २०९ कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर खरिद बिक्री भएको छ भने ५ अर्ब ६९ कोरड २३ लाख १६ हजार ८३१ को रकम कारोबार भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेकस समेत ६.४७ अंकले तल झरेर ४५३.७५ बिन्दुमा बन्द भएको छ ।
यसदिन सव इन्डेक्समा हरियोमा देखिएको छ । यस दिन सर्वाधिक लाभांशकर्ता कम्पनीमध्ये चन्द्रगिरी हिल्स लि.९.९० प्रतिशत लाभांश प्राप्त गरेको छ । उक्त कम्पनीले आइतवार समेत ९.८१ प्रतिशत लाभांश प्राप्त गरेको थियो ।