हिपमत डटकम
रुपन्देही , माघ १७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनाको मोटरसाइकल र स्कुटी ठोक्किँदा २ जनाको मृत्यु भएको छ । रूपन्देहीको सैनामैना रामापुर चोकमा तिब्र गतिमा पश्चिमबाट पूर्वतर्फ आइरहेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल दुईवटा मोटरसाइकलसँग ठोक्किँदा२ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवल डिएसपी भिमलाल भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
घटनामा ठक्कर दिने मोटरसाईकलमा सवार रुपन्देहीका अन्दाजी २० वर्षीय सुविन चौधरी र नविन चौधरीको मृत्यु भएको हो ।प्रहरीका अनुसार लु ४२ प ७०९६ नम्बरको मोटरसाईकले सोही दिशाबाट आएको लु २४ प ७४७२ को स्कुटी ठक्कर दिएपछि अर्को लु ३५ प ५०१९ मोटरसाईकलाई ठक्कर दिन पुगेको थियो । गम्भीर घाइते १ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।