माघ २६ गते सोमवार सप्ताहको दोस्रो दिन नेप्से कारोबार ३७.४८ अंकले बृद्धि भई २५६१.४७ मा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत ७.२८ अंकले बृद्धि भई ४६६.६० मा बन्द भएको छ ।
बजारको शुरुवात २५५३.७९ बाट भएर दिनभरि उकालो ओरालो गर्दै २५६१.४७ मा बन्द भएको हो । २०५ कम्पनी सहभागी भएको यस बजारमा ८८ हजार ३८३ पटक लेनदेन भएको छ भने १ करोड ९३ लाख ३२ हजार ७२६ कित्ता शेयर खरिद बिक्री भएको छ । त्यस्तै यस बजारमा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३२७ को कारोबार भएको छ ।
यस बजारमा बैंकिङ्ग, होटल, डिभलपमेन्ट बैंक, फाइनेन्स, अदर्श, लाइफइन्सोरेन्स, मिच्वल फण्डमा हरियो देखिएको छ भने अन्य क्षेत्र रातोमय देखिएको छ । सोमवार सर्वाधिक कारोबार भएको क्षेत्रमध्ये कमर्सियल बैंक ३ अर्ब ४८ करोड ९० लाख ५१ हजार १७२, माइक्रोफाइनेन्स २ अर्ब ३३ करोड ६७ लाख १४ हजार ५१६, ननलाइफ इन्सोरेन्स १ अर्ब २१ करोड ६२ लाख ९७ हजार ८८४, लाइफ इन्सोरेन्स १ अर्ब १४ करोड ५१ लाख ३५ हजार ७८३ रहेको छ ।
अघिल्लो दिनमा निरन्तर बजार बढेपनि बैंकिङ्ग क्षेत्र खासै बढेको थिएन तर, सोमवारको कारोबारमा लगानीकर्ताको आकर्षण बैंकिक्षेत्रमा बढी देखिएको छ ।