हिपमत डटकम
काठमाडौं ,१५ : माघ:सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिकको हत्यामा उनकै साथीको संलग्नता रहेको खुल्न आएको छ । बंगलादेशी नागरिक मोहिद्दिन अहम्मदको गत माघ ७ गते सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या भएको थियो ।प्रहरी अनुसन्धानका क्रममा हत्यामा उनकै साथी दुल्लाहमियाँको संलग्नता रहेको खुल्न आएको हो । हत्यापछि उनी सडकमार्ग हुँदै भारततर्फ भाग्न सफल भएको पनि प्रहरीले जनाएको छ ।