नेपालमा कोरोना भइरसको महामारीपछि मोटरसाइकल र स्कुटरको माग बढेको छ।
सामान्यतया सार्वजनिक यातायातमा यात्रा गर्नेहरुले पनि सामाजिक दुरीको लागि निजी सवारी साधन खरिद गरिरहेका छन्।
नेपालीहरुको आर्थिक अवस्था कमजोर भएकाले चार पांग्रे सवारी साधनमा सबैको पहुँच नहुनाले पनि दुईपांग्रे सवारी साधन लोकप्रिय बनेको हो।
त्यस्तै कम मूल्य, ट्राफिक जाम र पार्किङको समस्या लगायतको हिसाबले पनि नेपाल जस्तो देशमा दुर्इपांग्रे सवारी साधनको प्रयोग उच्च हुने गरेको छ।
लकडाउनको कारणले संकटमा परेको अटोमोवाइल व्यवसाय अहिले विस्तारै तग्रिदैँ गइरहेको छ।
अटोमोवाइल व्यवसायमध्ये सबैभन्दा पहिले दुईपांग्रे सवारी साधनको व्यापार छिटो बढ्ने व्यवसायीहरु बताउँछन्।
नेपालमा चर्चित दुईपांग्रे सवारी साधन मध्ये होन्डा पनि एक हो। नेपालमा ५० वर्ष भन्दा लामो इतिहास बोकेको होन्डाकाे सस्तोदेखि महंगो स्कुटर र मोटरसाइकल उपलब्ध छ।
भर्खर्रै मात्रै होन्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङले केही मोडलमा मूल्य बढाएको छ।
यस्तो छ होन्डाका मोटरसाइकल र स्कुटरको नयाँ मूल्यसूची