मंगलवार ६५.४९ अंकले बृद्धि भएको नेप्से कारोबार बुधवार ६.८१ अंकले तल झरेर २४६६.९२ मा बन्द भएको छ । परिसूचक ओरालो लागे पनि कारोबार रकममा बृद्धि भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ०.९२ अंकले बृद्धि भई ४५२.२९ मा बन्द भएको छ ।

दिनभर उतार चढाबका बीच बन्द भएको यस बजारमा २०२ कम्पनी सहभागी भएका थिए । २ कारोड २० लाख ४० हजार ५१६ कित्ता शेयर खरिद बिक्रि भएको छ । यस दिन ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ को कारोबार भएको छ । बैंकिङ्ग, हाइड्रो पावर, माइक्रोफाइनेन्स र मिच्वल फण्डमा हरियो देखिए पनि अन्य सबै क्षेत्र रातोमय देखिएको छ ।

बुधवार सर्वाधिक कारोबार भएको क्षेत्र मध्ये कमर्सियल बैंक २ अर्ब २६ करोड ०१ लाख ८१६, ननलाइफ इन्सोरेन्स १ अर्ब १५ करोड ७७ लाख ४८ हजार ३८६ को कारोबार भएको छ । त्यस्तै सर्वाधिक कारोबार भएका मध्ये ग्लोबल आइ एम ई ५० करोड २३ लाख ४४ हजार १३२, नेपाल बैंक लिमिटेड २५ करोड ३४ लाख ३२ हजार १८१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!