शेयर सप्ताहको चौथो दिन र पौष मसान्तको अन्तिम दिन बुधवार नेप्से कारोबार १८.८१ अंकले बढेर २२८६.५४ मा बन्द भएको छ । लगातार उकालो लागेको नेप्से कारोबार बुधवार २२७९.४७ बाट शुरु भएर उकालो ओरालो गर्दै २२९६.१७ मा पुगेको थियो । दिउँसो १ बजे पश्चात लागातार ओरालो लाग्दै २२८६.५४ मा बन्द भएको छ ।
०.८३ प्रतिशतले उकालो लागेको यस बजारमा ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ को कारोबार भएको छ । बुधवार सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले उकालो लागेर ४३५.२५ मा बन्द भएको छ । २०७ कम्पनी सहभागी भएको यस बजारमा १ करोड ३२ लाख ८९ हजार ८४९ को शेयर खरिद विक्रि भएको छ ।
यस कारोबारमा बैकिङ्ग र होटलमा रातो देखिए पनि अन्य सबै क्षेत्रमा हरियो देखिएको छ । सर्वाधिक कारोबार भएको प्रमुख दश कम्पनी मध्ये नौ वटा कम्पनीको ९ प्रतिशत भन्दा बढी र सी ओ आर बी एल को १० प्रतिशत बृद्धि भएको छ ।
बुधबारको बजारमा एन टि सी को २६ करोड ५५ लाख २४ हजार ९४०, एन आर आइ सी २० करोड ७२ लाख ५५ हजार १०१, अपर १८ करोड ४९ लाख ८५ हजार ७९५, शिवम १६ करोड ३६ लाख १३ हजार ७६१, एन आइ सी ए १५ करोड ९३ लाख ८६ हजार ९८० को कारोबार भएको छ ।