शेयर सप्ताहको तेस्रोदिन मंगलवार नेप्से कारोबार २८.३१ अंकले बढेर २२६७.७३ मा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ३.८९ अंक बढेर ४३३.२८ मा बन्द भएको छ । २०२ कम्पनीको सहभागिता भएको यस बजारमा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ को खरिद विक्री भएको छ । त्यस्तै १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर खरिद विक्रि भएको छ ।

२२४३.१७ बाट शुरुवात भएको बजार केही बेरमै २२३३.९८ मा झरेर उकालो लागदै २२६७.७३ मा बन्द भएको छ । आजको कारोबारमा एकमात्र ट्रेडिङ्ग मा रातो देखिएको छ भने अन्य सबै क्षेत्र हरियो देखिएको छ ।

मंगलवारको बजारमा सर्वाधिक कारोबार भएको क्षेत्रमध्ये कमर्सियल बैंक (१ अर्ब ४८ करोड २० लाख ६६ हजार ७५९), ननलाइफ इन्सोरेन्स (१ अर्ब ०४ करोड ७६ लाख ७० हजार ३२५), लाइफ इन्सोरेन्स (६५ करोड १९ लाख ९३ हजार ४३७), माइक्रोफाइनेन्स (५६ करोड ६८ लाख ६३ हजार ६७९) र हाइड्रो पावर (३८ करोड ८२ लाख ८० हजार २५९) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!