काठमाडौँ – नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १ हजार ३०० रूपैयाँले घटेको छ ।
छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९५ हजार ४०० रूपैयाँ कायम गरिएको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९६ हजार २०० मा कारोवार भएको थियो ।
यस्तै चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।