शेयर सप्ताहको तेस्रोदिन मंगलवार ०.१६ प्रतिशतले तल झरेको नेप्से कारोबार २१६५.४९ मा बन्द भएको छ । सोमवार ६.३६ अंकले तल झरेको बजार मंगलवार ३.५४ अंकले तल झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले तल झरेर ४१३.६८ मा बन्द भएको छ ।
२०६ कम्पनीको सहभागि भएको यस बजारमा ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ को कारोबार भएको छ । त्यस्तै १ करोड ०८ लाख ०९ हजार ६२५ को शेयर कारोबार भएको छ । यस बजारमा डिभलोपमेन्ट बैंक, हाइड्रो पावर र ननलाइफ इन्सोरेन्समा हरियो देखिए पनि अन्य क्षेत्र रातोमाय देखिएको छ ।
मंगलवारको कारोबारमा सर्वाधिक जे एस एल बी बी ९.९९ प्रतिशत, एन ए बी बी सी ९.८७ प्रतिशत, एच डी एच पी सी ९.८४ प्रतिशत, आर एच पी सी ९.६६ प्रतिशत, जे ओ एस एच आइ ९.३५ प्रतिशत, ए के जे सी एल ९.२४ प्रतिशत, जी एच एल ९.१७ प्रतिशतले बढेको छ ।