शेयर सप्ताहको दोस्रोदिन सोमवार नेप्स कारोबार ६.३६ अंकले तल झरेर २१६९.०४ मा बन्द भएको छ । २०२ कम्पनीको सहभागिता भएको यस बजारमा ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ को कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले तल झरेको छ । सोमवारको कारोबारमा १ करोड १६ लाख ४३ हजार ४२९ को शेयर ट्रेड भएको छ ।

बजारको शुरुवात २२०७.०५ बाट भए पनि दिउँसो २ बजे पश्चात ओरालो उकालो गर्दै २१६९.०४ मा बन्द भएको छ । डेभलपमेन्ट बैंक, हाइड्रो पावर, फाइनेन्स, ननलाइफ इन्सोरेन्स, र अदर्शमा हरियो देखिए पनि अन्य रातो देखिएको छ ।

सोमवारको बजारमा कमर्सियल बैंक २ अर्ब ०८ करोड ६४ लाख ८० हजार ७३२, अदर्श ९२ करोड ०४ लाख ७४ हजार ०६१, लाइफ इन्सोरेन्स ७४ करोड ८५ लाख १० हजार ४८३, ननलाइफ इन्सोरेन्स ६८ करोड ६९ लाख ३१ हजार ७३२ र माइक्रो फाइनेन्स ४७ करोड ८९ लाख ३८ हजार ७७८ को कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!