हिपमत डटकम

सोमबार, पौष १३, २०७७ || 738  पटक पढिएको

सुनसरीको ईनरुवा नगरपालिका-३ शिवालय टोलबाट लागुऔषधको कारोवारमा संग्लग्न रहेका १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका-७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राईलाई पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले लागुऔषध Dialex-DC 100 ML को ५३ बोतल, लागुऔषध Nitrosun १६० ट्याब्लेट, Dialex-DC को बिर्को तथा बिर्कोमा लगाउने लक (रिङ) ११० थान, बिभिन्न कम्पनीको ८ थान मोवायल र प्रदेश १- ०२-०४१ प ९६४१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!