हिपमत डटकम

आइतबार, पौष १२, २०७७ || 907  पटक पढिएको

दुर्लभ वन्यजन्तु सालकको अवैध तस्करीमा संलग्न ३ जनालाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले चितवनबाट पक्रेको छ । चितवन राष्ट्रिय निकुञ्जमा खटिएको सेना र बाँदरझुला बिओपीको सशस्त्रको टोलीले सालकको खपटा र सुकुटी सहित बन्यजन्तु तस्करीमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–९ घर भएका केशरबहादुर तामाङ, शुक्र बहादुर तामाङ र पंचलाल प्रजा छन् । सुरक्षाकर्मीले उनीहरुको साथबाट ३ सय ७५ ग्राम सालकको खपटा र ३ सय ग्राम सुकुटी बरामद गरेका छन् ।
नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा चोरी–शिकारी बिरुद्ध ‘अपरेशन महाहन्ट–७’ सञ्चालन गरिरहेको छ ।

पक्राउ गरिएका पञ्चलाल यसअघि चितुवा मारेको मुद्धामा फरार थिए । उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्जमा बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!