हिपमत डटकम

आइतबार, पौष १२, २०७७ || 590  पटक पढिएको

कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मङ्सिर २० गते साँझ ५ः१५ बजे कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए ।

जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि गएको साउन २० गते उनलाई कारागार पठाइएको थियो ।

पक्राउ परेका श्रेष्ठको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । थापाले आज रिपोर्ट नेगेटिभ आएमा श्रेष्ठलाई कारागार पठाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!