हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 673  पटक पढिएको

सिरहा । विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ३ का ४० वर्षीय खगेश्वर गोहिवार यादव रहेको सिरहा प्रहरीले जनाएको छ ।
ज्यानमार्ने उद्योग, अङ्गभङ्ग तथा अभद्र व्यवहार सहित आधा दर्जनभन्दा बढी मुद्दाका फरार अभियुक्त गोहिवारलाई प्रहरीले सप्तरीको छिन्नमस्ता भगबति सखडाबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ गरेको गोहिवारलाई जिल्ला अदालत सिरहाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल प्रसाद जयसवालले जानकारी दिए ।
उनले गोहिवार मिर्चैया क्षेत्रमा हुने आपराधिक घटनामा संलग्न रहेको पाइएको बताए । उनले भने, ‘पछिल्लो पाँच÷छ महिनामामात्र ज्यानमार्ने उद्योग, अङ्गभङ्ग, अभद्र व्यवहार सहित ५ वटा मुद्दा दर्ता रहेको छ, यस अघिपनि अदालतसम्म मुद्दा पुगेको छ, त्यसमा के भएको छ भन्ने मलाई जानकारी भएन ।’

प्रहरीले कतिपय मुद्दामा उनी अदालत हाजिर भए नभएको पनि अनुसन्धान गर्नुपर्ने बताएको छ । डीएसपी जयसवालले भने, ‘उनीमाथि दर्जन हाराहारीमा मुद्दा रहेको भन्ने सुनिएको छ, त्यसमा कतिमा उनी हाजिर भएको छ, छैन त्यो पनि अनुसन्धान गर्नुपर्छ ।’
गोहिवार पक्राउ परेपछि मिर्चैया क्षेत्रमा सर्वसाधारणले कडा कारबाहीको माग गरेका छन् । उनका कारण त्यसक्षेत्रका जनता आतङ्कित रहेको वडा नं. ३ का अध्यक्ष हरिनारायण यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!