भारतबाट चोरी पैठारी गरी ल्याएको करिव ५ लाख रुपैया भन्दा बडिको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले आज विहानको राती १ बजे ईटहरी उपमहानगरपालिका-५ कलङकी एरियाबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो । मिनी ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । साथै बरामद गरिएको सुर्तीजन्य पदार्थका धनि कोशी गाउँपालिका-५ का ३६ बर्षीय कैसर आलमलाई नियन्त्रणमा लिईएको छ भनि ट्रक चालक मोरङ सुन्दर हरैचाका २३ बर्षीय सैयद आलम र ओसारपसारमा संलग्न कोशी गाउँपालिका-५ का ३३ बर्षीय महबुव आलम र ३४ बर्षीय सम्पतलाल कामत समेतलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ । यसरी बरामद गरिएको सुर्तीजन्य पदार्थको बजार मुल्य ५ लाख १६ हजार रुपैया कायम गरी ट्रक र पक्राउ परेका मानिस समेतलाइ आवश्यक कारबाहीको लागी लागी श्री सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!