रबिन्द्र बराल

शुक्रबार, पौष १०, २०७७ || 1227  पटक पढिएको

मोरङको रंगेली नगरपालिका ७ स्थित भोटुबाबु चोक हुदै शुक्रबार देखि दोहमना रोडमा पर्ने मरिया खोलाको पुल नयाँ निर्माणकार्य सुरु भएको छ ।
त्यहाँ रहेको पुरानो पुल भत्काउनका लागि हेम्बर डिलको प्रयोग गरेर पुल भत्काउन थालिएको छ भने बिधुत हुकिङ गरी चोरी गरेर काम गरिरहेको पाईएको छ । सो कम्पनीले शुक्रबारे देखि लबटोली हुदै पिपल चोक सम्मको सडक ग्रावेल र पुल बनाउने जिम्मेवारी पाएको हो । तर उक्त कम्पनी ले भने सुरुकोे अवस्थामा बिधुत चोरी गरेर काम गरिरहेको छ ।

प्रदेश सरकार को सांसद कोषको ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ बराबरको लागतमा सो सडक को कल्भट र ग्रावेल गर्ने ठेक्का पीयू एण्ड राज कन्ट्रक्सन पाएको छ ।
नेपाल बिधुत प्राधिकरण कार्यलय रंगेलीले उक्त मेसिन र तार समेत बरामद गरेको बिधुत प्राधिकरण रंगेली शाख का प्रमुख अबधेश गुप्ताका अनुसार प्राधिकरणलाई कुनै सुचना र जानकारी नगराई बिधुत चोरी गरेको हुनाले सामान बरामद गरिएको र जरिवाना स्वरूप ५ हजार देखि १० हजार रुपैयाँ सम्म लाग्न सक्ने गुप्ताले बताए

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!