शेयर सप्ताहको अन्तिमदिन विहिवार नेप्से कारोबार २९.८३ अंकले ओरालो लागेर २०३६.६३ मा बन्द भएको छ । १.४४ प्रतिशत घटेको बजारमा सेन्सेटिभ इन्डेक्स समेत ३.७४ अंकले तल झरेको छ । २०४ कम्पनी सहभागी भएको बजारमा ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ को खरिदविक्री भएको छ । बुधवार ७.०४ अंकले वृद्धि भएको बजार विहिवार २९.८३ अंकले तल झरेको छ ।
विहिवार ९८ लाख ६० हजार ५३६ शेयर ट्रेड भएको छ । ट्रेडिङ्गमा ०.८७ प्रतिशत र होटलमा ४.९१ प्रतिशत वृद्धि भएपनि अन्य सबै क्षेत्र रातोमय देखिएको छ । यस कारोबारमा सर्वाधिक एस एच एल ५.६७ प्रतिशतले र ओ एच एल ५.१६ प्रतिशतले बृद्धि भएको छ भने एस एफ सी एल ८.११ प्रतिशत र यु एम आर एच ६.३० प्रतिशतले घटेको छ ।
बजारमा लगानीकर्ताहरु प्रोफिट बुकमा बढी केन्द्रित भएकोले बजार घटेको जानकारहरु बताउँछन् ।