हिपमत डटकम

बिहिबार, पौष ०९, २०७७ || 585  पटक पढिएको

झापा र ईलामका तिन छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधवार दिउँसो साँढे २ बजे ईलाका प्रहरी
कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का २१ बर्षीय संजय तामाङलाई २६ ग्राम २६ ग्राम
लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । मे ८ प ३४२८ नम्बरको मोटरसाईकलमा सवार रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको हो । यसैगरी झापाकै भद्रपुर नगरपालिका-३
झोलुङगे पुल छेउबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ साँढे ५ बजे भद्रपुर नगरपालिका-२
का ३६ बर्षीय दिपक राई र ३५ बर्षीय सेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो । मे २ प ४३१८ नम्बरमा सवार रहेका निजहरु दुवैजनालाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट Eskuf syrup १० थान, नाईट्रोजन १० ट्याब्लेट, उईनपास मोफोट ७२ पिस,
लुपिजेसिक ८ एम्पुल, फेनारागन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र गाँजा २०० ग्राम बरामद भएको थियो । यस्तै ईलामको सुर्योदय नगरपालिका-८ छिपिटारबाट लागैऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी फिल्कलबाट खटिएको प्रहरी

टोलीले सुर्योदय नगरपालिका-४ का २५ बर्षीय अनुप प्रधानलाई ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!