हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 658  पटक पढिएको

प्रहरीले मोटरसाइकल चोरीमा संग्लन दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिले मोटरसाइकल चोरीमा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नं.७, घर भई हाल जडिबुटी बस्ने २७ वर्षको राजकुमार सार्की र सर्लाही बरहथवा नपा–वडा नं.२, बैंकचोक घर भई हाल गोदावरी बस्ने २३ वर्षका अनिश बस्नेतलाई पक्राउ गरेको हो ।

वृत्तका डीएसपी ऋषिराम कँडेलका अनुसार पुस ५ गते मध्यपुरथिमि नगरपालिका वडा १ बस्ने श्रीकृष्ण श्रेष्ठको बा ९३ प ७२४५ नं.को बुलेट मोटरसाईकल चोरी भएको थियो । चोरी भएको सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त थिमिबाट प्रहरी टोली परिचालित भई खोजतलास गर्ने क्रममा सुकुम्बासी बस्तिबाट उक्त मोटरसाइल फेला परेको थियो ।

बरामद भएको मोटरसाईकल र पक्राउ परेकालाई सोधपुछ गर्दा अन्य लु.६१ प १८५२ नं.को पल्सर मोटरसाईकल समेत चोरी गरी मनहराखोला किनारमा लुकाई राखेको अनुसन्धानमा खुल्न आएको थियो । दुबै मोटरसाईकल बरामद गरी सार्की र बस्नेतलाई चोरी मुद्दामा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको डीएसपी कँडेलले जानकारी दिएका छन् । यस अगाडी पनि चोरी गर्ने गरेको भन्ने अनुसन्धानबाट खुलेकोले यस विषयमा गहन शुरू अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!