शेयर सप्ताहको तेस्रो दिन मंगलवार नेप्से ९५.४६ अंकले बढेर २०६१.४१ मा बन्द भएको छ । १९८७.४८ को अंक बाट शुरु भएको बजार दिउँसो १ बजे पश्चात लगातार उकालो लागेर २०६१.४१ मा बन्द भएको हो ।
२०५ कम्पनीको सहभागीता भएको बजारमा ६ अर्ब ७४ करोड ०७ लाख ४४ हजार ४३२ को खरिद विक्री भएको छ भने १ करोड २७ लाख १७ हजार १४६ को शेयर कारोबार भएको छ । मंगलवारको कारोबारमा सेन्सेटिभ इन्डेक्स समेत १५.१८ अंकले वृद्धि भई ३९१.७४ अंकमा पुगेको छ ।
संसद विघटन पश्चातको राजनीतिक अस्थिरताले शेयर बजार समेत प्रभावित हुने आशंकाकाबीच लगानीकर्ताहरुको सुझबुझले गर्दा मंगलवारको नेप्से वृद्धि भएको जानकारहरु बताउँछन् ।