हिपमत डटकम

सोमबार, पौष ०६, २०७७ || 723  पटक पढिएको

रौतहट । प्रहरीले रौतहटको हर्शहाबाट ठगीको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको वार्ड नम्बर ७ हर्शहाबाट प्रहरीले २८ वर्षीय अनिल कुमार पटेललाई पक्राउ गरेको हो । अनिलमाथि ४४ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

ओम्नी अटोमोबाईल प्रालि चन्द्रनिगाहपुरको सोरुमबाट किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम २०७५ साउन १ देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भन्नि बुझेको र कम्पनीमा बुझाउनु पर्नेमा नबुझाई ठगी गरेको भन्ने उजुरी अनुसार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका पटेललाई थप अनुसन्धानको लागि अदालतबाट ७ दिनको म्याद थपि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!