हिपमत डटकम
झापा माघ १० – झापा बाट अवैध काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यलय सुरुङा बाट खटिएको टोलि र कनकाइ सब डिभिजन बन कार्यलय सुरुङा बाट खटिएको टोलिले बिहिवार
सखुवाको अबैध १० कि:बि चिरान काठ बरामद गरेको हो।
झापा कनकाइ न :पा ४ निवासी होम प्रसाद अधिकारिको घरमा रहेको परालको कुन्युमा लुकाइ छिपाई राखेको अवस्थामा रहेको अबैध सखुवाको काठ विशेष सुराकीको आधारमा प्रहरीले बरामद गरेको हो।
इलाका प्रहरी कार्यलय सुरुङाबाट खटिएकाे टाेलीले अवैध काठ बरामद गरि कनकाइ सब डिभिजन बन कार्यलयमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो।