शेयर सप्ताहको दोस्रो दिन नेप्से ३०.३३ अंकले बढेर १९६५.९६ मा बन्द भएको छ । आइतवार संसद विघटनको समाचार आए लगत्तै बजारमा भएको हलचलले गर्दा लगानीकर्ताहरु अतालिएर कारोबार गर्दा ९६.८८ अंकले घटेर ओरालो लागेको थियो ।
सोमवार १९१९.०५ बाट शुरुएको बजार दिउँसो १ बजे पश्चात निरन्तर उकालो लागेर १९६५.९६ मा बन्द भएको छ । २०२ कम्पनीको सहभागी भएको बजारमा ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ को खरिदविक्रि भएको छ भने १ करोड २३ लाख ८२ हजार ४८२ को शेयर कारोबार भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.०१ अंकले बढेर ३७६.५६ मा बन्द भएको छ ।
दिन भरिको कारोबारमा ट्रेडिङ्ग, होटल र मिच्वल फण्डमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ । एनआइसीए सर्वाधिक ९.९० प्रतिशत ले वृद्धि भएको छ भने एन ए बी बी सी सर्वाधिक ९.८७ ले घटेको छ । त्यस्तै यु एम आर एच ९.८५ प्रतिशतले तल झरेको छ ।