तेह्रथुमको म्याङलुङ नगरपालिका-८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबाद, झै-झगडा भई कुटपिट समेत हुँदा १ जनाको मृत्यु भएको छ भने हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु रहेका छन् ।

शुक्रवार राती साँढे ७ बजेको समयमा कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झै-झगडा भईरहेको अवस्थामा कुमार लिम्बुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा निजको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि घई घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको तथा कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!