हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 1707  पटक पढिएको

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले सर्वोच्च अदालतको विसं २०७६ मङ्सिरको फैसलाअनुसार एक वर्ष कैद र रु ३६ लाख जरिवाना ठहर भएपछि फरार रहेका गोरखा घर भई ललितपुर बस्दै आएका ५५ वर्षीय गोपालबहादुर थापालाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले श्रम तथा रोजगार प्रबद्र्धन विभागको पत्र जाहेरीका आधारमा अदालतले फैसला सुनाएका थापालाई बिहीबार काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले थापालाई फैसला कार्यान्वयनका लागि आज नै काठमाडौँ जिल्ला अदालत बबरमहल पठाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!