हिपमत डटकम

बिहिबार, पौष ०२, २०७७ || 1025  पटक पढिएको

मोरङको बिभिन्न २ स्थानबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी-९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मिया रहेका छन । बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बुधबार साँझ सवा ५ बजे बिराटनगर-१६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको हो । यसै गरी बिराटनगर-१७ का २७ बर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन । उनलाई बुधबार अपरान्ह ५ बजे बिराटनगर-७ शनिमन्दिर एरियाबाट पक्राउ गरिएको हो । यसरी लागुऔषध खैरो हेरोईन सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!