हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 541  पटक पढिएको

सुनसरीको इटहरी-६ बाट हराएको प्रदेश १-०५-००१ प ०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जना चोरी भएको मोटरसाईकल सहित पक्राउ परेका छन् । गत २८ गते ईटहरी-६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको
मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी-९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाईरहेको अवस्थामा मोटरसाईकल सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा झापाको डाँगिवारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!