हिपमत डटकम

मंगलबार, मंसिर २३, २०७७ || 1101  पटक पढिएको

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन हिजो (सोमबार) हरियाली छाएको छ ।अस्ति (आइतबार) नेप्से १२३.३४ अंकले घटेर कारोबार समय भन्दा ४५ मिनेट अघि नै बन्द भएको थियो ।

हिजो नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार हिजो कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।

हिजो सबैभन्दा बढी बीमा समूहमा लगानीकर्ता आकर्षित भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६९८.८१ र निर्जीवन बीमा समूह ४०५.५४ अंकले बढेका हुन् ।

नेप्सेका अनुसार हिजो सर्वाधिक कमाउनेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, ग्लोबल आइएमइ लघुवित्त, अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड, नाडेप लघुवित्त वित्तिय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका शेयरधनीहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!