बुधबार, माघ ०८, २०७६ || 1247  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,८ माघ : अखिल नेपाल फुटबल संघ (एन्फा) र इङ्ग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ । नेपाल र बेलायतको दैत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने र आयोजना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङ्ग्ल्यान्ड फुटबलका लोरेन जोन्सले सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले नेपाल र बेलायतको सम्बन्ध २ सय ४ वर्ष पुगेको अवसरमा पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा आयोजना हुने बताए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा हुने बताएका छन् । सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने उनले बताए । वार्षिक रुपमा मैत्रीपूर्ण खेलको निरन्तरता दिने प्रयास अन्फाबाट हुने र सोही अनुसार काम अगाडी बढाउने उनले बताए ।

मे २५ मा हुने पहिलो मैत्रीपूर्ण खेल ७ हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ । यस्तै सन् २०२१ को मे मा इङ्ग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!