हिपमत डटकम

बुधबार, कार्तिक २६, २०७७ || 1243  पटक पढिएको

रेलवे स्टेशनमा गायिका लता मंगेशकरको गीत गाएको भिडियो भाइरल भएपछि रातारात सेलिब्रेटी बनेकी रानु मन्डलको जीवनमा कोरोना र लकडाउनले फेरि अँधेरो छाएको थियो । तर, अहिले उनको जीवनमा फेरि उज्यालो छाउन थालेको छ ।

अहिले रानुलाई नयाँ प्रोजेट मिलेको खबर बाहिर आएको छ । यस कुराको जानकारी अभिनेत्री दीपिका चिखलियाले सामाजिक संजाल मार्फत बाहिर ल्याएकी हुन् ।
टिभीकी अभिनेत्री दीपिका फिल्म ‘सरोजिनी’मा देखिँदैछिन् । यो फिल्मको गीत रानु मन्डलले गाएको उनले बताएकी हुन् । दीपिकाले सामाजिक संजालमा रानुको एक भिडियो सार्वजनिक गर्दै लेखेकी छन् ‘मेरो फिल्म ‘सरोजिनी’को धीरज मिश्राले लेखेको गीत रानु मन्डलले गाएकी छन् ।’

भिडियोमा भने रानुले आफूले धीरज मिश्रासँग काम गरेको बताएकी छन् । ‘मलाई आशा छ फेरि माया र सम्मान मिल्नेछ । जुन तपाईंले पहिले दिनु भएको थियो,’ रानुले भिडियोमा भनेकी छन् । फिल्मको सबै गीत उनकै स्वर रहेको छ ।

‘सरोजिनी’ नायडुकी बायोपिक फिल्म हो । फिल्मका लेखक तथा निर्देशक धीरज मिश्रा नै हुन् ।
रेलवे स्टेशनमा गीत गाएर हिँडेको भिडियो भाइरल भएपछि चर्चामा छाएकी रानुले शो समय लता मंगेशकरको गीत ‘प्यारका नगमा’ गाएकी थिइन् ।

त्यसपछि उनलाई हिमेश रेशमियाले गीत गाउने मौका दिएका थिए । उनले हिमेशका साथ गीत समेत गाएकी थिइन् । अहिले भने उनी नयाँ प्रोजेटका लागि काम गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!