हिपमत डटकम

मंगलबार, कार्तिक २५, २०७७ || 1441  पटक पढिएको

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौँ। सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन सधैँ प्रयासरत पनि हुन्छौँ।

क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौँ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ। अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छनः

१) यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

२) नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ।

३) एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसिरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगाउनाले छाला नरम र गोरो हुँदै जानेछ।

४) टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मिनेटसम्म राख्नुस् र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।

५) काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस्। यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ।

६) चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

७) कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

८) एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर फिट्नुस्, घाममा डढेको छालामा लगाउनुस्। यसले धेरै नै फाइदा गर्छ।

९) दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ।

१०) एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस्। आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

११) छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस्। यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहने छैन।

१२) छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।

१३) चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

१५) शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!