निशान कंडेल

सोमबार, कार्तिक २४, २०७७ || 942  पटक पढिएको

पूर्वका लोकप्रिय गायक नितिन गजुरेल तथा गायिका ज्योती विश्वकर्माको स्वरमा ‘प्रीत भ’ गैलै’ को रेकर्ड सिरहाको लहान रेकर्डिङ्ग स्टुडियोमा सम्पन्न भएको छ।

‘प्रीत भ’ गेलै’ गीत चर्चित युवा गीतकार विद्यानन्द वेदर्दीले लेखेका छन् भने संगीत कम्पोज स्वयं नितिन गजूरेलले गरेका छन् र प्रसिद्ध संगीतज्ञ राजिव साहले यस गीतको एरेन्ज गरेका छन्।

गायक नितिन गजुरेलको दर्जनौ हिट नेपाली गीतहरू दिएका छन्। ( आकास धर्ती बीचको दुरी बदल्न सकिन,आज राती तिमी तिम्रो हत्केलामा, झुक्यारै किन होला नजरको बल्छी हान्यौ, आँखैले हेर्यौ, तिमी मेरो जीवनको अनुपम रङ्ग हौ, चुपचाप बदलियो, इत्यादी)। त्यसपछि पछिल्लो पटक सार्वजनिक भएको ‘अपन दिलके डायरीमे लिखि देलौँ अहीँकेर नाम’ म्यूजिक भिडियोमा गजुरेलले आफ्नो स्वर सजाई मैथिली भाषी श्रोताको मनमा आफ्नो स्नेहपूर्ण स्थान बनाएका छन्।

गायिका ज्योती विश्वकर्माको स्वरमा चार दर्जनभन्दा बढी मैथिली गीत रेकर्ड भई सकेको छ। विश्वकर्माको गीतहरू मिथिला क्षेत्रलाई केन्द्र बनाएर देश-विदेशमा समेत लोकप्रिय हुने गर्दछन्। मुस्कानमे, प्रियतम हमर परदेशीया, छोड़ब नइँ कहियो, नइँ जाएब ओइ देश, घाँस काटए चलू अहाँ, इत्यादी निकै चर्चा बटुलेको छ।

टीमले दिएको जानकारी अनुसार यो म्यूजिक भिडियो मैथिली सिने-संगीतमा नौलो आयाम दिने छ। गीतकार विद्यानन्द वेदर्दीले भन्छ, “मैथिलीमा नविन कार्यहरूको जरूरी छ। मैथिली कोईलीको बोल जस्तै मधुर भाषा छ, यसको संगीतमा बढि रहेको अश्लीलतालाई जड़ो देखि उखालेर फाल्नु पर्छ। मैथिलीको लोक संगीत विश्व प्रसिद्ध छ। संगीतकारको मौलिक संगीत अहिलेको सन्दर्भमा मैथिलीको गीतहरू कमै भेटिन्छ। मौलिकताको लागि यो हाम्रो एउटा सृजनात्मक प्रयास हो। मैथिलीमा क्वानटिटीभन्दा बढी क्वालिटीको आवश्यकता छ। ”

गीतको भिडियो काठमाण्डौमा सुटिङ्ग हुनेछ जसमा मिथिलाको चर्चित फेसहरूको अभिनय रहने छ। शब्दमा शालिनता, स्वरमा मधुरता, संगीतमा मौलिकता र भिडियोमा सभ्यता पस्किने यो टीमको मूख्य विशेषता रहेको छ। मैथिली संगीतमा सकारात्मक दूरी नापेर श्रोताले उचित मन पराउँछ भन्ने सम्पूर्ण टीमको दाबी रहेको छ। यो गीतको भिडियो निर्माण भएर छिट्टै सार्वजनिक हुनेछ गायक नितिन गजुरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!