राम प्रेम यादब

आइतबार, कार्तिक २३, २०७७ || 2167  पटक पढिएको

समाज सेवामा सकृय युवा अभियन्ता ओसिम आलम नेतृत्वको टीमले आइतवार एक कार्यक्रमबीच मनव सेवा आश्रम विराटनगरमा सय भन्दा बढी वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

विराटनगर महानगरपालिका भित्रका वृद्धा आश्रम, वाल आश्रम तथा सडक पेटीमा बस्ने गरिब, असहाय तथा विपन्नहरुलाई न्यानो कपडा बाँडने अभियन अन्तर्गत आज मानव सेवा आश्रमका वृद्ध–वृद्धाहरुमा न्यानो कपडा वितरण गरिएको हो । कपडा संग आश्रमको लागि चामल, दाल, नुन–तेल र विस्कुट सहितका खाद्यन्न सामग्री समेत वितरण गरेको हो ।

अभियन्ता आलमले दल र राजनीतिको कुरा छोडेर एक अर्काको सहयोग गर्नु नै मानवता हो र यसको लागि म र मेरो समुह जहिले पनि सकृय रहने बताउनु भयो । वहाँले थोडै भए पनि एक अर्कासंग सहकार्य गरी गरीब, असहाय तथा बिपन्नहरुलाई सहयोग गर्नको लागी सचेत युवाहरुसंग अग्रह समेत गरे । उनले नेपाल सहित विश्व नै कोभिड १९ संग लडि रहेको बेल जाडो याममा कोरोना संक्रमण समेत बढ्न सक्ने अशंका भई रहेकोले यसबाट बाँच्न र बचाउन आवश्यक साबधानी समेत अपनाउनु पर्ने विषयमा चिन्ता व्यक्त गरे ।

अभियन्ता आलम र उनका निशुल्क खाना खुवाउने टिमले लकडाउनको समयमा १२० दिन सम्मा सडकपेटीमा वस्नेहरुलाई खाना खुवाएका थिए । उनको यस कार्यलाई चौतर्फी प्रशंसा समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!