हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 638  पटक पढिएको

प्रहरीले नियन्त्रित मनोद्दिपक लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ चन्द्रागिरि न.पा.–२ नागढुंगास्थित महोत्तरीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बसबाट लागू औषधसहित बसका सहचालक भरत विक पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले ना ५ ख ३०९९ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा सोही बसका सहचालक जिल्ला महोत्तरी गौशाला न.पा.–२ फुलचोक बस्ने १९ वर्षीय विकले बसको क्याविनको बाँयातर्फको सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा लागू औषध फेला पारेको बताए ।

प्रहरीले डाईजेपाम–५० एम्पुल, फेनारगन–५० एम्पुल, लुपिजेसिक–५० एम्पुल र नाइट्राजेपाम २४०० ट्याबलेट नियन्त्रित लागू औषधसहित विकलाई तत्काल नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त नियन्त्रित लागू औषध महोत्तरी गौशाला न.पा.–१ घर हुने बर्ष २५ को वीरेन्द्र कुमार साहले पठाएको बताएकाले साहलाई समेत इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीसँगको समन्वयमा महोत्तरीबाट पक्राउ गरीएको थानकोट प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्व लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!