हिपमत डटकम

बिहिबार, कार्तिक २०, २०७७ || 1359  पटक पढिएको

गोरखाका आशिष मगरको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मुख्य अभियुक्त रुपेश रानामगरलाई महानगरीय अपराध महाशाखाले धरानबाट पक्राउ गरेर ल्याएको हो ।

यस्तै आशिषको हत्या प्रयोग गरिएको धारिलो हतियार अर्थात् छुरी बाँसबारीस्थित फुटबल मैदानबाट बरामद भएको महानगरीय अपराध महाशाखाका बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

यसअघि १६ कात्तिकमा काठमाडौँ प्रहरीले आशिषको हत्यामा संलग्न संखुवासभा घर भई धापासी बस्ने १९ वर्षीय दोर्जे शेर्पा, टोखा नगरपालिका–५ बस्ने २६ वर्षीय डेडे भन्ने राम श्रेष्ठ र स्याङ्जा गलाङ–३ बस्ने २७ वर्षीय रवि थापालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

काठमाडौँका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार गोरखा अजिरकोट गाउँपालिका–५ का २४ वर्षीय मगरमाथि १४ कात्तिकमा टोखा नगरपालिका–४ धापासीस्थित देवी मन्दिरमा छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका मगरको चिरायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनालगत्तै मगरको हत्यामा संलग्नहरु फरार भएका थिए । मृतक आशिष मगर पेन्टिङको काम गर्थे । उनी टोखास्थित आफ्नो घरमा परिवारसँगै बस्थे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!