हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 1045  पटक पढिएको

भगवान शिवको उपासना गर्दा हर प्रकारका कष्ट निवारण हुने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । शिव प्रसन्न भएमा जीवनमा कुनै संकट नआउने धार्मीक मान्यता छ ।

तर शिवलाई प्रसन्न पार्ने नाममा कहिलेकाँही केहि विधि र सामग्रीमा ख्याल पुर्‍याइएन भने यसबाट शिवलाई प्रसन्न पार्न सकिन्न ।सोमबार ‘शिवजी‘को पूजा आराधना गर्ने राम्रो दिन हो। यस दिन गरेको पूजा आराधना गरे शिव भगवान खुसी हुने र मागेको वर दिने भन्ने विश्वास छ । ‘ऊँ नमः शिवाय’ शिवजीलाई प्रसन्न पार्न जपिने मन्त्र हो । अविवाहित स्त्रीले राम्रो वर पाउन शिवजीको पूजा आराधना गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुख शान्ती र पतिको दिर्घायूका लागि शिवजीको पुजा गर्दछन्। शास्त्रमा लेखिएको छ, शिव एकदमै शान्त स्वभावका देवता हुन् । उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैन ।

त्यसैले शिवको पूजा गर्दा यी १५ कुरामा विचार पुर्‍याउनुपर्छ ।

१. भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्विकार गर्दैनन् ।

२. तिल वा तिलबाट बनेका कुनै पनि प्रसाद, तेल लगायतका भगवान शिवलाई अर्पण गर्नुहुँदैन । तिल भगवान विष्णुको मयल(मैलो)बाट उत्पन्न भएको मानिन्छ ।

३. भगवान शिवको उपासनामा बेसार पनि चढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ ।

४. भगवान शिवलाई उमालिएको दुध पनि चढाउनु हुँदैन । उमालिएको दुधबाट शिवको अभिषेक गर्नु हानिकारक मानिन्छ । शिवलिंगको अभिषेक सदैव चिसो पानी वा काँचो दुधबाट गर्नुपर्दछ ।

५. भगवान शिवलाई नरीवल चढाउन सकिन्छ तर नरीवलको पानिको अभिषेक गर्नुहुँदैन ।

६. भगवान शिवलाई अक्षता चढाउँनु हुँदैन ।

७. टुक्रिएको चामल अर्थात कनिका समेत शिवलाई अर्पण गर्न बर्जित छ ।

८. भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले बध गरेको असुरको प्रतीक मानिन्छ।

९. कालो रंगको वस्त्र पहिरीएर शिब पुजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।

१०. शिवलिंगमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दुर्भाग्य निम्तिन्छ ।

११. शिवको अभिषेक गर्दा सुन, चाँदी वा कासबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ ।

१२. शिवलिंगमा पुजा गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।

१३. शिवलाई तीन वटा पात स्पष्ट भएको, नच्यातिएको बेलपत्र घोप्टाएर मात्र अर्पण गर्नुपर्छ ।

१४. शिवको उपासनामा केवल सेतो रंगको मात्र फुल अर्पण गर्नुपर्दछ ।

१५. शिवको आराधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ॐ नमः शिवाय मन्त्रको जप गरे अरु कुनै मन्त्रको उच्चारण गर्नु पर्दैन ।

शिवपुराणका अनुसार ,शिवजीको पूजा आराधना गर्दा यी ५ वस्तुहरू कहिल्यै चढाउनुहुँदैन ।

बेसार

शिवपुराणमा उल्लेख गरिएअनुसार बेसार पनि शिवजीलाई चढाउनु हुँदैन ।

चुवाको फूल

विभिन्न ठाउँअनुसार फरकफरक नाम भएको चुवा फूल यसलाई कतै गोलाईँती फूल त कतै केताकी फूल पनि भन्ने गरीन्छ । यो फूलसँग भगवानको सम्बन्ध के छ रु किन चढाउन हुँदैन भन्ने भनिन्छ ।

तुलसी

शिवपुराणमा उल्लेख गरिएअनुसार भगवान शिवलाई पूजाआजा गर्दा पनि यो पत्र चढाउनुहुँदैन भनिएको छ ।

नरीवलको पानी

शिवपुराणमा उल्लेख गरिएअनुसार शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरीवलको पानी पनि एक हो। शिवजीलाई सिङ्गो नरीवल चढाउनुहुन्छ तर नरीवल फुटाएर पानी चढाउनुहुँदैन । यस्तो गरेमा शिवजी रिसाउने र अनिष्ट हुने शिवपुराणमा लेखिएको छ ।

सिन्दूर

विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्वपूर्ण र पवित्र मानिने गरिन्छ। तर शिवपुराणमा उल्लेख गरिएअनुसार सिन्दूर पनि शिवजीलाई चढाउनु हुँदैन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!