हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 926  पटक पढिएको

बलिउड अभिनेता आमिर खान र उनकी पहिलो पत्नी रिनाको छोरी इरा खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेकी छिन् । जसमा आफुमाथि १४ वर्षको उमेरमा शारीरिक शोषण भएको बताएकी छिन् ।

इराले भनेकी छिन्, ‘जब म १४ वर्षको थिए त्यत्तिबेला ती व्यक्तिले के गरेको आफुलाई थाहा थिएन् ।’ उनले भनेकी छिन्, एक वर्षसम्म त उनलाई सम्झनै मात्र लाग्यो । १ वर्षपछि मात्र उनले माता पितालाइृ भनिन् । भिडियोमार्फत यी सब आफैले कसरी हुन दिए भनेर पछि आफैसँग रिस उठेको पनि इराले बताइन् ।

यस भिडियोमा इराले उनका जीवनमा भएका राम्रा र नराम्रा घटनाहरु बताएकी छिन् । उनले कुराको सिलसिलामा कुनै पल रोएको र कुन कुराले आफु धेरै मजबुद भएको पनि उल्लेख गरेकी छिन् । उनले माता पिताको सम्बन्ध विच्देछबारे पनि कुरा गरेकी छिन् ।

केही दिन अगाडी इराले आफु डिप्रेशनमा गएको आफै खुलाशा गरेकी थिइन्, ४ वर्ष अगाडी डिप्रेशनमा गएको भिडियो मार्फत नै सार्वजनिक गरेकी थिइन् । उनको उपचार हाल पनि चलिरहेको छ । आफु डिप्रेशनमा किन गए भनेर इराले अझै पनि थाहा पाउँन सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!