हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 1296  पटक पढिएको

प्रधानमन्त्री केपी शर्माओलीले अहिले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफू त्यसका लागि तयार नभएको बताएका हुन् ।

‘अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले म राजीनामा दिन्न्’, प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले बाहिर आफुविरुद्ध विभिन्न तयारी भइरहेको भन्दै त्यस्ता हल्लाले केही नहुने दावी गरे ।

‘केही हुनेवाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले म आएको हुँ’ सम्बोधनका क्रममा उनले भने, ‘तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् । धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र ?’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!