हिपमत डटकम

मंगलबार, कार्तिक १८, २०७७ || 908  पटक पढिएको

सुनसरी । तीन महिने छोरीको हत्या गरी फरार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी सुनसरीको साविक नरसिंह गाउँ बिकास समिति– ४ का ५१ वर्षीय बुनिया भनिने करिम मियाँलाई पक्राउ गरेको हो ।

उनीमाथि २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेको आरोप छ ।

माईतीघरमा बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसँग बादबिबाद हुँदा छोरीको हत्या गरेका थिए । बाटाेमा आमा छोरीलाई कुटपीट गरेका उनले घाँटी थिचेर बेहोस अवस्थामा दुबैजनालाई केरावारीमा फालिदिएका थिए ।

केही समय पश्चाच श्रीमती अजिरन खातुन होसमा आएकी थिइन् । छोरीको भने मृत्यु भएको थियो । खातुनले साेही दिन जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिईन् ।

जाहेरी दर्ता गरेकै दिन देखि फरार रहेका करिमलाई घटना भएको ११ बर्ष पछी १७ कात्तिकमा पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!