हिपमत डटकम

मंगलबार, कार्तिक १८, २०७७ || 1044  पटक पढिएको

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ । सुनसरीको साविक नरसिंह गाउँ बिकास समिति-४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेका थिए ।

माईतीघरमा नै बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसंग बादबिबाद भए संगै आमा छोरीलाई नै कुटपीट गर्नुका साथै घाँटी थिचेर बेहोस अवस्थामा केरावारीमा फालिदिएका थिए । केही समय पश्चाच श्रीमती अजिरन खातुन होशमा आएको तथा नावालक छोरीको मृत्यु भएको भनी निजले नै मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिईन् ।

जाहेरी दर्ता गरेकै दिन देखि नै फरार रहेका करिमलाई घटना भएको ११ बर्ष पछी २०७७ कार्तिक १७ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया शुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!