हिपमत डटकम

आइतबार, कार्तिक १६, २०७७ || 1228  पटक पढिएको

केराबारी । मोरङ्गको केराबारी गाउपालिकाबाट प्रहरीले ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । केराबारी गाउपालिका वडा नं ६ भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलि रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले शनिबार ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

प्रदेश प्रहरीको बिशेष टोलीले बेलबारी प्रहरीको बिशेष सहयोगमा जुवा तास खेलिरहेको अवस्थामा घरधनी भुपेन्द्र भट्टराईसहित ५ जनालाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्य जुवा खेल्नेहरु धरान उपमहानगरपालिका १५ का अरुण केसी र शैलेश भुजेल, धरान उपमहानगरपालिका ६ का हरि खत्री र केराबारी गाउपालिका ६ का बोधराज मगर हुन्।

पक्राउ परेकाहरुको साथबाट नगद ८ लाख ८९ हजार २५० रुपैँया नगद सहित १३ थान तास र २/२ थान स्कुटर र मोटारसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकाहरु हाल जिल्ला प्रहरी कार्यालय मोरङ्गमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!