धेरै दिन पश्चात शेयर बजारमा आज एक्कसी तेजी देखिएको छ । लागातार तल झरी रहेको शेयर बजार आज १३.५८ अंकले बढेर १५७०.३४ मा बन्द भएको छ । दशै दिवालीको कारण बजार घटि रहेको जानकारहरु बताइ रहँदा आज दिन भरी नै उकालो लागेर १५७०.३४ मा बन्द भएको छ ।
१८९ कम्पनीको सहभागिता रहेको आजको बजार कारेबारमा ९७ करोड ९० लाख ९४ हजार ४०३ टर्न अभर भएको छ भने ३३ लाख ५३ हजार २०१ शेयर ट्रेड देखिएको छ ।
आजको कारोबारमा शीर्ष १० स्थानमा वृद्धि भएका मध्ये जी आइ सी ९.९०, यू एन एच पी एल ९.८२, जी एच एल ९.७३, ए पी अइ ९.६३, डी एच पी एल ९.०१, बरुण ८.७२, एम एच एन एल ८.६४, एकेजेसीएल ८.०४, आर एलए फ एल ७.६५ र यूपीसीएल ७.०९ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
त्यस्तै तल झरेका शीर्ष १० मध्ये जी एम एफ बी एस १.९१, एन सी सी बी पी ओ १.७२, एन एस इ डब्लू ए १.६४, सी एल बी एस एल १.४३, के बी एल डी८६ – १.४३, एस आर बी एल डी८३ – १.३५, एस एफ एम एफ १.२९, बीबीसी १.२०, एल यू के १.११, र जी आइ उम इ एस१ ०.९३ प्रतिशतले तल झरेको छ ।